एजेन्सी, १८ वैशाख । पोर्चुगिज क्लब पोर्टोका गोलरक्षक इकार कासिलासलाई हृदयघात भएको छ । रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान समेत रहेका कासिलासलाई बुधबार बिहान अभ्यासको क्रममा हृदयघात भएको हो ।
प्रशिक्षणको क्रममा उनले छातीको दुःखाई महसुस गरेका थिए । उनलाई प्रशिक्षक सर्जियो कोन्चेसाओले अस्पताल पुर्याएका थिए ।
हृदयघात भएसँगै उनलाई स्थानीय अस्पताल पुर्याइएको थियो । ३७ वर्षीय कासिलासको शल्यक्रिया सम्पन्न भएको र अहिले अवस्था खतरामुक्त रहेको छ । उनले यो सिजनका बाँकी खेलहरु खेल्न नसक्ने स्थानीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
यसै साता हुने एभ्सविरुद्ध हुने खेलको तयारीमा रहेका उनी अब स्वस्थ नरहेसम्म मैदानबाहिर रहनेछन् ।
The post अभ्यासको क्रममा गोलरक्षक कासिलासलाई हृदयघात appeared first on Sajha Post.