एजेन्सी, १९ वैशाख । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुलविरुद्ध फराकिलो जित निकालेको छ । सेमिफाइनलको पहिलो लेगमा फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेजको विशेष भूमिकामा बार्सिलोना ३-० ले विजयी भएको हो ।
बार्सिलोनाका लागि खेलको २६औं मिनेटमा जोर्डी अल्बाको पासलाई सुआरेजले गोलमा बदल्दै घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा लिभरपुलले गरेको आक्रमणलाई गोलरक्षक टेर स्टेगनले रोक्न सके ।
बार्सिलोनाको जितका लागि दोस्रो हाफमा मेसीले दुई गोल थपे । खेलको ७५औं मिनेटमा सुआरेजको पोस्टमा लागेर फर्किएको बललाई उनले गोल गरे । लगत्तै ८२औं मिनेटमा झण्डै ३० यार्ड टाढाबाट फ्रिकिकलाई सिधै गोल गरेपछि बार्सिलोनाको फराकिलो जित सम्भव भएको हो । यससँगै उनले च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि ५०० गोल पूरा गरेका छन् ।
अन्तिम समयम लिभरपुलका लागि मोहमद सलाहले गोल प्रयास गरे पनि सफल हुन सकेनन् । दोस्रो लेगको खेल अर्को साता लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ ।
The post मेसी र सुआरेज चलेपछि बार्सिलोनासँग लिभरपुल स्तब्ध appeared first on Sajha Post.