Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्ले अफमा

$
0
0

काठमाडौँ, २० वैशाख । इण्डियन प्रिमियर लिगमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बई इण्डियन्स प्ले अफमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १६३ रनको लक्ष्य दिएको थियो । जबाफीमा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेको थियो ।

सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोडेको थियो । मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्यो । हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे ।

हैदरावादकालागि मनिस पाण्डेले ७१, मोहमद नाबीले ३१ रन, रिद्दिमान साहले १५ रन जोडे । । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले दुईदुई विकेट लिए ।

मुम्बईका लागि क्विनटन डी ककले ६९ रन, रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रन जोडे । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले १३ खेलबाट १६ अंक जोडेको छ । चौंथो स्थानको हैदरावादको १३ खेलबाट १२ अंक छ ।

The post हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्ले अफमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles