Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

घोडादौडमा सेनाका घिसिङको कीर्तिमान

$
0
0

काठमाडौँ, २१ वैशाख । पाँचौँ संस्करणको इक्विस्ट्रियन -घोडादौड-को हाइजम्प प्रतियोगितामा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

नेपाल इक्विस्ट्रियन सङ्घको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरास्थित फेवाताल किनारमा रहेको बाराहीघाट खेलमैदानमा शुक्रबार आयोजना गरिएको प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले पाँच फिट नौ इन्चको जम्पमा नयाँ कीर्तिमान बनाउँदै उपाधि जितेको हो ।

यसभन्दा अघि रामहरि खड्काको नाममा रहेको पाँच फिट पाँच इन्चको कीर्तिमान यसपटक तोड्दै घिसिङले स्वर्ण पदकसहित नगद पुरस्कार रु २० हजार प्राप्त गरे । नेपाली सेनाकै राजेन्द्र थापाले रजत तथा करण चौधरीले कास्य पदकसहित नगद रु १५ हजार र १० हजार पुरस्कार पाए । प्रतियोगिताअन्तर्गत सोजोन इभेन्टको बाधा दूरी एक मिनेटमा पूरा गरेर नेपाली सेनाका ओमप्रकाश यादवले स्वर्ण पदक जिते ।

सेनाकै जगदीश घिमिरेले एक मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र मेघविक्रम खड्काले कास्य पदक पाए । उनीहरुले पनि जनही नगद रु २०, १५ र १० हजार पुरस्कार पाए । टेण्ट पेगिङतर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुवेदार गोविन्दबहादुर खड्काले स्वर्ण पदक जितेका छन् भने नेपाली सेनाकै ओमप्रकाश यादवले रजत र लिलाराम खडकाले काश्य पदक जिते । उनीहरुले पनि क्रमशः नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

स्थानीय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते । उनले नगद रु १५ हजार प्राप्त गरे भने नवीन पुनले रजत जित्दै नगद रु १० हजार र रोहित गौतम कास्य पदका साथ नगद रु पाँच हजार प्राप्त गरे । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, पश्चिम पृतनापती काजीबहादुर खत्री, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्वेस्ट्रीयन सङ्घका अध्यक्ष रविराज कर्णीकारले पदक तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

The post घोडादौडमा सेनाका घिसिङको कीर्तिमान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles