एजेन्सी, २० वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालको प्रगति भएको छ । नेपालले टेष्ट राष्ट्रलाई समेत पछि पार्दै वरियतामा सुधार गरेको हो ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ ।
नयाँ वरियताअनुसार पहिलो स्थानमा पाकिस्तान रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः साउथ अफ्रिका र इङ्ग्ल्याण्ड रहेका छन् । चौथो र पाँचौं स्थानमा क्रमशः अष्ट्रेलिया र भारत रहेका छन् ।
त्यसैगरी, स्कटल्यान्ड १२, जिम्बाबे १३, आयरल्यान्ड १५ र यूएई १६ औं स्थानमा पुगेका छन् ।
The post आईसीसी बरियतामा नेपालको छलाङ, टेस्ट राष्ट्रलाई पछि पार्यो appeared first on Sajha Post.