काठमाडौँ, २२ वैशाख । गएराति भएको जर्मन बुन्डेशलिगामा बार्यन म्युनिखले हनोवरलाई ३–१ गोलले पराजित गरेको छ ।
यो जितसँगै बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिएको छ ।
बार्यनका लागि खेलको २७ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाए । खेलको ४० औ मिनेटमा लियोन गोरेत्जकाले बार्यनका लागि दोस्रो गोल गरे ।
खेलको ५१ औ मिनेटमा डि जिससले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कन प्रयास गरे । फ्याङक रिबेरीले खेलको ८३ औ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
यो जितसँगै बार्यनको ७४ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७० अंक छ ।
The post बार्यन म्युनिख उपाधि नजिक, बोरुसिया डोर्टमण्ड पछि पर्यो appeared first on Sajha Post.