काठमाडौँ, २२ वैशाख । स्पेनिस लिग ला लिगामा बार्सिलोना सेल्टा भिगोसँग २–० गोलले पराजित भएको छ ।
सेल्टा भिगोका लागि खेलको ६७ औँ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै अग्रताा दिलाएका थिए । इगो एस्पासले खेलको ८८ औ मिनेटमा गोल गरे ।
च्याम्पियन्स लिगका लागि बलियो तयारी गरेको बार्सिलोनाले आफ्ना मुख्य खेलाडीहरुलाई आराम दिएको थियो ।
यो जितसँगै सेल्टालाई ठुलो राहत मिलेको छ । रेलिगेशन हुने अवस्थामा रहेको सेल्टालाई यो जितले राहत दिलाएको हो ।
शीर्ष स्थानको बार्सिलोनाको ३६ खेलबाट ८३ अंक छ । सेल्टा भिगो ४० अंक छ ।
The post बार्सिलोना पराजित, सेल्टा भिगोलाई राहत appeared first on Sajha Post.