Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईपीएलमा आज दुई खेल, प्ले अफमा पुग्ने टोलीको टुङ्गो लाग्ने

$
0
0

काठमाडाैं, २२ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट लिगमा आइतबार दुई खेल हुँदैछ । आज हुने खेलबाट प्ले अफमा पुग्ने टोलीको पनि टुङ्गो लाग्ने छ । आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नईको घरेलु मैदानमा हुने यी दुई टोलीबीचको खेल साँझ ४ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको घरेलु मैदानमा हुने यी दुई टोलीबीचको खेल राति ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा कोलकोत्ता यदि विजयी भयो भने सनराइजर्स हैदरावादको प्ले अफमा पुग्ने सम्भावना पनि बन्द हुनेछ ।

यसअघि शनिबार भएको खेलबाट सनराइजर्स हैदरावादको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ । प्रतियोगिताबाट बाहिरि सकेको रोयल च्यालेन्जर्स बैङ्गलोरले हैदरावादलाई ४ विकेटले पराजित गरेपछि उसको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ । १ सय ७६ रनको लक्ष्य बैङ्गलोरले ४ बल बाँकी छदाँ ६ विकेट गुमाएर पुरा गर्‍यो ।

यसअघि बैङ्गलोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । प्लेअफमा छनोट हुने एक टिमको टुङ्गो लाग्न बाँकी छ । हैदरावादको १४ खेलबाट १२ अङ्क छ । समान अङ्क भएपनि कोलकत्ताले एक खेल कम खेलेको छ ।

The post आईपीएलमा आज दुई खेल, प्ले अफमा पुग्ने टोलीको टुङ्गो लाग्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles