Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेन्नईको घरेलु मैदानमा पञ्जाबको ८ वर्षपछिको जित

$
0
0


काठमाडौं, २२ वैशाख । आईपीएलको ५५औं खेलमा आइतबार आईएस बिन्द्रा रंगशालामा किंग्स इलेभन पञ्जाबले चेन्नई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ । यससँगै पञ्जाबले चेन्नईलाई उसैको घरेलु मैदानमा ८ वर्षपछि हराएको छ । यसअघि २०११ मा चेन्नईलाई पञ्जाबले हराएको थियो ।

आइतबार साँझ भएको खेलमा पञ्जाबले टस जितेर बलिङ गर्ने फैसला लिएको थियो । चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायो । पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाउँदै सिजनको अन्तिम खेल आफ्नो नाममा गरेको छ ।

पञ्जाबका लागि लोकेश राहुल ३६ बलमा ७१ रनको पारी खेले । उनले सात चौकार र पाँच छक्का हिर्काए । क्रिस खेल २८ बलमा २८ नै रन बनाउँदै प्याभेलियन फर्किए । मयंक अग्रवालले ७ रन बनाए । यी तीनै जनालाई हरभजन सिंहले आउट गरे । यद्यपि, उनले चार ओभरमा ५७ रन दिए । निकोलस पूरन २२ बलमा ३६ बनाएर रवीन्द्र जडेजाको बलमा आउट भए ।

राहुलले क्रिस गेलसँग पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरे । उनले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

यसअघि पहिला चेन्नईका लागि फाफ डुप्लेसिसले ९६ र सुरेश रैनाले ५३ रनको पारी खेले । डुप्लेसिस आईपीएलमा आफ्नो पहिलो शतक लगाउन चुके । उनलाई करनले बोल्ड गरिदिए । करनले खेलमा तीन र मोहम्मद शमीले दुई विकेट लिए ।

यो डुप्लेसिसको सिजनको दोस्रो र कुल ११औं अर्धशतक हो । उनले रैनासँग दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे । शेन वाट्सन ७ रन बनाएर करनको बलमा बोल्ड भए । अम्बाती रायडू १ रन र केदार जाधव शून्य रनमा शमीबाट आउट भए । महेन्द्र सिंह धोनी १० र ड्वेन ब्रावो १ रन बनाएर अविजित रहे ।

खेल हारे पनि चेन्नई रनरेटको आधारमा अंक तालिकको शीर्ष स्थानमा छ । चेन्नईले १४ खेलमा ९ खेल जित्दै १८ अंक जोडेको छ भने समान खेलमा समान जित निकालेको दिल्ली क्यापिटल रनरेटको आधारमा दोस्रो स्थानमा छ ।

चेन्नई आजको पराजयको बावजुद पनि क्वालिफायर भएको छ । चेन्नई १४ खेलमा ९ मा जित र ५ मा हारका साथ शीर्ष रहँदै क्वालिफायर भएको हो । तर खेल जितेपनि पन्जाव अघिल्लो चरणमा प्रवेश गर्न सकेन । पन्जाव १४ खेलमा ६ मा जित र ८ मा हारका साथ छैटौं स्थानमा रहँदै यो सिजनको आईपीएल अन्त्य गरेको छ ।

The post चेन्नईको घरेलु मैदानमा पञ्जाबको ८ वर्षपछिको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles