काठमाडौँ, २३ वैशाख । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले भिल्ला रियललाई ३–२ गोल पराजित गरेको
छ ।
रियलको जितमा मारिनोले दुई तथा भाल्लेजोले एक गोल गरे । भिल्ला रियलका मोरिनो र जामे कोस्टाले समान एक एक गोल फर्काए ।
रियलका लागि खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि मारिनोले गोल गरे । तर, भिल्ला रियलका मोरिनोले ११ औ मिनेटमा बराबरी गोल फर्काए ।
रियलका लागि खेलको ४० औ मिनेटमा जिसस भाल्लेजोले गोल गर्दै अग्रता दिलाए ।
रियलका लागि खेलको ४९ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मारिनोले रियललाई ३–१ गोलको अग्रता दिलाए ।
भिल्ला रियलका लागि जामे कोस्टाले गोल गरे पनि खेल जिताउन भने सकेनन् ।
रियलको ३६ खेलबाट ६८ अंक भएको छ । भिल्ला रियलको ४० अंक रहेको छ ।
The post रियल मड्रिडको कठिन जित appeared first on Sajha Post.