Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुल फ्यानहरुको चाहनाः लेइसेस्टर सिटीले म्यानचेस्टर सिटीलाई पराजित गरोस्

$
0
0

काठमाडौँ, २३ वैशाख । म्यानचेस्टर सिटीले आज राति लेइसेस्टर सिटीसँग आमनेसामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले म्यान सिटीलाई उपाधि दौडमा कडा टक्कर दिइरहेकोछ ।

लिगको दोस्रो स्थानमा रहेको म्यान सिटीलाई खेल जित्नै पर्ने दबाब रहेको छ भने लेइसेस्टरले म्यान सिटीलाई पछार्ने अनुमान लगाइएको छ । यस सिजन उच्च फर्ममा रहेको म्यान सिटीले दुई खेल खेल्न बाँकी रहेको छ ।

लिभरपुलभन्दा एक खेल कम खेलेको म्यान सिटीले खेल हारेमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो हुने अनुमान गरिएको छ ।

शिर्ष स्थानमा रहेको लिभरपुलको ९४ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको म्यान सिटीको ९२ अंक रहेको छ ।

The post लिभरपुल फ्यानहरुको चाहनाः लेइसेस्टर सिटीले म्यानचेस्टर सिटीलाई पराजित गरोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles