Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाविरुद्ध चार गोल गर्ने रणनीतिमा लिभरपुल

$
0
0

काठमाडौँ, २४ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनल खेलको दोस्रो लिगको खेलमा आज लिभरपुलले बार्सिलोनासँग आमने सामने गर्दैछ ।

तीन गोलले पछि परेको लिभरपुलले बार्सिलोनाविरुद्ध चार गोल फर्काउन पर्ने बाध्यता रहेको छ । यस सिजन दुवै टोली उच्च फर्ममा रहेका छन् ।

यस च्याम्पियन्स लिगमा दुई सिजन राम्रो खेल खेलेको लिभरपुलले आफ्नो घरेलु मैदानमा बार्सिलोनाविरुद्ध चार गोल गर्न सक्षम रहेको समीक्षकहरु बताउँछन् ।

तर, बार्सिलोनाले लिभरपुल मैदानमा एक गोल गर्न सके लिभरपुललाई थप कठिन हुने उनीहरु बताउँछन् । पहिलो लेगमा लियोनल मेस्सीलाई रोक्न नसक्दा लिभरपुलले लज्जास्पद हार भोगेको थियो ।

दोस्रो लेगमा लिभरपुल थप समस्यामा रहेको छ । मोहमम्द सलाह खेल्न सक्ने वा नसक्ने अझै तय भएको छैन । फिर्मिन्हो खेल्न नसक्ने बताइएको छ । बार्सिलोनाका ओउसमाने डेम्बेले घाइते भएका कारण खेल्न सक्ने छैनन् ।
एनफिल्डमा यस सिजन एक खेल पनि पराजित नभएको लिभरपुलले बार्सिलोनाविरुद्ध सानदार कमव्याक गर्दै फाइनलको यात्रा तय गर्न निकै कठिन हुने अनुमान गरिएको छ ।

The post बार्सिलोनाविरुद्ध चार गोल गर्ने रणनीतिमा लिभरपुल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles