काठमाडाैं, २४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आज प्रतिस्पर्धा हुँदैछ । आफ्नै घरेलु मैदानमा साँझ पौने ८ बजे सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाई जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छ भने मुम्बई पनि चेन्नाईलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।
जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अङ्क बनाएर लिगको शीर्ष स्थानमा छ ।
साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अङ्क बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।
The post फाइनल प्रवेशका लागि भिड्दै चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स appeared first on Sajha Post.