काठमाडौँ, २५ वैशाख ।गएराति भएको च्याम्पियन्स लिगमा लिभरपुलले नयाँ इतिहास रच्न सफल भएको छ । सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलविरुद्ध तीन गोलको अग्रता बनाएको थियो । तर, सबैलाई आश्चर्य चकित पार्दै लिभरपुलले बार्सिलोनाविरुद्ध चार गोल गर्दै फाइनलको यात्रा तय गरेको छ ।
सम्रगमा लिभरपुलले बार्सिलोनालाई ४–३ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना नै मैदान उत्रिएको लिभरपुललाई कमजोर ठान्नु बार्सिलोनाको ठुलो गल्ती साबित बन्यो ।
लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान दुईदुई गोल गरे ।
लिभरपुलका लागि खेलको ७ औ मिनेटमा नै डिभोग ओरिगीले गोल गर्दै अग्रता दिलाएका थिए ।
लिभरपुलका लागि खेलको ५४ औ मिनेटमा वाइनाल्डमले गोल गरे । उनले ५६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । लिभरपुलका लागि बराबरी गोल फर्काएका उनले उत्कृष्ट खेल प्रदर्शन गर्न थप उर्जा थपे ।
लिभरपुलका लागि खेलको ७९ औ मिनेटमा ओरिगीले चौथो गोल गर्दा बार्सिलोना निरिह जस्तै देखियो ।
उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको विजेतासँग लिभरपुलले प्रतिस्पर्धा गर्नेछ ।
The post बलियो बार्सिलोनाको लज्जास्पद हार, मेस्सीको पनि केही सिप लागेन appeared first on Sajha Post.