काठमाडौँ, २५ वैशाख । ईन्डियन प्रिमियर लिगमा पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इण्डियन्सले फाइनलको यात्रा तय गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले १३१ रन बनाएको थियो । मुम्बइले १ सय ३२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मुम्बईले ४ विकेट गुमाउँदै पुरा गर्न सफल भयो । ९ बल अगावै लक्ष्य पुरा गरेको मुम्बईका लागि ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएका थिए ।
सुर्यकुमार यादवले ७१ रन, इशान्त किसनले २८ रन, हार्दिक पाण्डेया शुन्य रनमा पवोलियन फर्किए ।
चेन्नेइका लागि इमरान ताहिरले दुर्इ विकेट लिन सफल भए ।
चेन्नइका लागि अम्बातु रायडुले ४२ रन, कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन जोडे ।
ओपनर फाफ डु प्लेसिस ६ रन, सेन वाटसन १० रन, सुरेश रैना ५ रन, मुरली विजयी २६ रनमा समेटिए ।
मुम्बईका राहुल चाचरले दुई तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिन सफल भए ।
चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासँग खेल्नेछ ।
The post ईन्डियन प्रिमियर लिगः मुम्बई ईन्डियन्स फाइनलमा appeared first on Sajha Post.