धनकुटा, २९ वैशाख । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज आयोजक धनकुटा र झापाबीच खेल हुने भएको छ । यसअघि शनिबार धनकुाटाको तल्लो टुडीखेलमा भएको खेलमा मोरङको विन्ध्यबासिनी फुटबल क्लवले जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
उद्घाटन खेलमा भातरको रोयल फुटबल क्लवलाई सडेन डेथमा पराजित गर्दै विन्ध्यबासिनी सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा पनि दुवै टीम बराबरीमा नै रोकिएपछी खेल सडेन डेत्थमा धकेलिएको थियो ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेताले ४ लाख र ट्रफि, उपविजेताले २ लाख र ट्रफि प्राप्त गर्ने छन ।
The post सहिद भीमनारायण गोल्डकप : आयोजक धनकुटा र झापाबीचको खेल आज appeared first on Sajha Post.