काठमाडौँ, २९ वैशाख । बार्सिलोनाले यस सिजन एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्ने तयारी गरिराखेको बताइएको छ । तर, एट्लेटिकोका प्रशिक्षक डियगो साइमनले यसबारे ग्रिजम्यानसँग कुरा गर्ने बताएका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ यस सिजन ग्रिजम्यान एट्लेटिकोमा नै रहनेछन् । उनी हाम्रा लागि विशेष खेलाडी हुन् ।’
उनले थप्दै भने, ‘उनी हाम्रो क्याप्टेन हुन् । उनी यस क्लबमा खुसी छन् । तर, उनले छोड्ने मनस्थिति बनाएका छन् भने पनि हामी डराइहाल्ने अवस्था रहेको छैन’ ।
यस सिजन एट्लेटिको मड्रिडले बार्सिलोनालाई स्पेनिस ला लिगा उपाधिमा कडा प्रतिस्पर्धा दिन सकेन । यसका कारण पनि एट्लेटिको र रियल मड्रिड आलोचना भइराखेको छ । अर्को सिजन कडा चुनौती दिने तयारीका साथ एट्लेटिकोले तयारी गरिराखेको उनले बताए ।
The post ‘ग्रिजम्यान बार्सिलोना गएपनि डराइहाल्ने अवस्था छैन’ appeared first on Sajha Post.