काठमाडौँ, ३० वैशाख । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई २-० गोलले पराजित गरेको छ । बार्सिलानाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि अर्टुरो भिदालले एक गोल गरे भने अर्को गोल गेटाफेका खेलाडी आत्मघाती गोल गरे ।
बार्सिलोनाका लागि खेलको ३९ औं मिनेटमा भिदालले गोल गरे । खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गरे । बार्सिलोनाले ३७ खेलबाट ८६ अंक भएको छ । एट्लेटिकोको ७५ अंक रहेको छ ।
The post बार्सिलोना विजयी appeared first on Sajha Post.