काठमाडौँ, १४ जेठ । च्याम्पियन्स लिग र कोपा डेल रेमा पराजित भएपछि बार्सिलोनामा यतिबेला खैलाबैला छ । केही खेलाडीलाई लिएर क्लब खुसी रहेको छैन ।
बार्सिलोना इतिहासमै सबैभन्दा धेरै खर्च गरेर अनुबन्ध गरेका खेलाडी हुन् फिलिपिन्हो कोटिन्हो । उनको खेललाई लिएर खुसी छैन । उनलाई बेच्ने तयारीमा क्लब रहेको छ ।
उनको सट्टामा बार्सिलोना एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्ने दाउमा रहेको छ ।
कोटिन्हो बार्सिलोनाले चाहेजस्तो खेलाडी नभएको र उनीबाट अपेक्षा गर्नुपनि बार्सिलोनाका लागि घातक हुने समिक्षकहरुले बताएका छन् ।
यस सिजन दुई महत्वपुर्ण खेल गुमाएपछि बार्सिलोना तनावमा रहेको छ । अन्य खेलाडीहरु पनि अफलोड गर्ने दाउमा बार्सिलोना रहेको छ ।
The post ग्रिजम्यान इन, कोटिन्हो आउट appeared first on Sajha Post.