Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

के चीन आउन लागेकै हुन् त रामोस ?

$
0
0

एजेन्सी, १४ जेठ । गत साता रियम म्याड्रिडका कप्तान सर्गियो रामोसले म्यान्चेष्टर युनाइटेड छोड्ने समाचारले निकै चर्चा पायो । त्यस्तै रामोस चिनियाँ क्लब जान लागेको खबरलाई स्पेनिश समाचार माध्यमले प्राथमिकताका साथ छापेका छन् ।

सन् २०२१ सम्मका लागि रियलसँग अनुबन्ध गरेका ३३ वर्षीया रामोस चीन जाने समाचारलाई रियल म्याड्रिडका अध्यक्षले समेत पुष्टि गरेका हुन् । यता रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रामोसका लागि निकै ठूलो रकम अफर गरेको बताएका छन् ।

स्पेनिश रेडियो ओन्डा सेरोसँगको कुराकानीको क्रममा पेरेजले भने, ‘सर्गियो रामोसले चीनबाट अफर आएको भनेर मलाई जानकारी दिएका छन् ।’

तर ट्रान्सफर शुल्कसम्बन्धी चिनियाँ नियमका कारण सम्झौता हुन नसक्ने पेरेजको भनाइ थियो । ‘कुनै रकमबिना क्याप्टेनलाई चीन पठाउन सक्दैनौं’, उनले भने, ‘हालका लागि हाम्रा क्याप्टेन चीन जाने कुनै संभावना छैन ।’

गत वर्ष रियल र रामोसका लागि खराब वर्ष साबित भयो । रामोसको कप्तानीमा रहेको उक्त क्लबले सन् २०१८/०१९ मा कुनै उपाधि जित्न सकेन । यही कारण  रामोस र पेरेजबीच सम्बन्ध बिग्रँदै गएको आशंका गरिएको छ । क्लबका अध्यक्षसँग तनाव बढ्दै गएपछि रियल म्याड्रिड छोड्ने मनस्थितिमा रहेको समाचारमा बताइएको छ ।

‘म (रियल म्याड्रिड) सँग वाक्क भएको छु’, स्पेनिश पत्रिका मार्काले रामोसलाई उद्धृत गर्दै लेखेको छ । तर रेडियोसँग कुराकानीमा रामोसलाई ‘आफ्नै छोरा सरह माया गर्छु’ भनेर बताएका थिए ।

 

The post के चीन आउन लागेकै हुन् त रामोस ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles