Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमारको कप्तान पदमाथि प्रशिक्षकको कू !

$
0
0


एजेन्सी, १४ जेठ । कोपा अमेरिकाको लागि ब्राजिलले घोषणा गरेको अन्तिम टोलीको कप्तानको रुपमा ड्यानी आल्भेसलैको नाम सार्वजनिक गरिएको छ ।

आठ महिना अघि मात्र ब्राजिलियन राष्ट्रिय टोलीको स्थायी कप्तानको रुपमा नेयमारलाई जिम्मेवारी सुम्पिएको थियो । प्रशिक्षक टिटेले नेयमारलाई कप्तानी पदबाहिरै राखिएको स्पष्ट पारेका छन् । अनुशासनका कारण विवादमा आइरहने ब्राजिलियन सुपरस्टार नेयमार राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको भन्दै कतिपयले यसलाई कप्तानमाथि कू गरेको प्रतिक्रिया दिएका छन् ।

कप्तानको जिम्मेवारी पाएका आल्भेस पनि नेयमारसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने गर्छन् ।

टिटेका लागि ३६ वर्षीय डिफेन्डर आल्भेसले कतार र होन्डुरससंग मैत्रीपूर्ण खेलमा टोलीको कप्त्रानी गर्नेछन् ।

The post नेयमारको कप्तान पदमाथि प्रशिक्षकको कू ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles