Image may be NSFW.
Clik here to view.
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्यलाई प्रदेश ३ ले २२ दशमलव २ ओभरमा ३ विकेट गुमाएर भेटायो। प्रदेश ३ का लागि कप्तान पारस खड्का र सूर्य तामाङले समान चार चार विकेट लिए भने नन्दनकुमार यादवले २ विकेट लिए ।
The post प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ को लगातार दोस्रो जीत appeared first on Sajha Post.