काठमाडौँ, १५ जेठ । बार्सिलोनाले प्रशिक्षक भल्भरडेलाई नै अर्को सिजनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस सिजन च्याम्पियन्स लिग र कोपा डेल रेमा पछारिएपछि बार्र्सिलोनाले प्रशिक्षकलाई बर्खास्त गर्ने सम्भावना बलियो रहेको बताइएको थियो ।
तर, बार्सिलोना प्रमुख जोसेफ मारिया बार्तेमोउले बार्सिलोनालाई सफलता दिलाउने कुरामा आफुहरु विश्वस्त रहेको बताएका छन् ।
भ्यालेनसियासँग बार्सिलोना पराजित हुनुमा प्रशिक्षक दोषी नभएको समेत उनले बताए । क्लबले भल्भरडेलाई पुर्ण समर्थन गर्ने उनले बताएका छन् ।
The post प्रशिक्षक भल्भरडेमाथि बार्सिलोनाको विश्वास appeared first on Sajha Post.