Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ग्वार्डीवालाको कुरा क्लपलाई मनपरेन

$
0
0

काठमाडौँ, १५ जेठ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालालाई लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले कटाक्ष गरेका छन् । ग्वार्डीवालाले च्याम्पियन्स लिगभन्दा प्रिमियर लिग जित्नु सबैभन्दा ठुलो महत्वपुर्ण उपलब्धि भएको बताएपछि क्लपले उनको टिप्पणीमाथि कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्, ‘ग्वार्डीवालाले यस सिजन पनि प्रिमियर लिगको उपाधि जितिसकेका छन् । तर, च्याम्पियन्स लिगको फाइनलमा तीन सिजन नै असफल भइसकेका छन् । उनलाई लिभरपुलले यस सिजन कडा टक्कर दिएको थियो । मलाई लाग्छ उनको भन्दा पनि बढी सफल यात्रा लिभरपुलको रह्यो ।’
उनले थप्दै भने,’लिभरपुलले बार्सिलोनाविरुद्ध चार गोल फर्काउँदै च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको थियो । यो कमव्याक मेरो करिअरकै सबैभन्दा ठुलो उपलब्धि थियो । यस सिजन मसँग विश्वकै उत्कृष्ट टोली रहेको छ ।’

The post ग्वार्डीवालाको कुरा क्लपलाई मनपरेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles