Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आजबाट विश्वकप क्रिकेट, इंग्ल्याण्ड सुखद सुरुवातको दाउमा

$
0
0

काठमाडौँ, १६ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा सुरु हुँदैछ । एक भव्य कार्यक्रमकाबीच विश्वकप क्रिकेटको सुरुवात हुन गइरहेको छ । विश्वकपमा १० टोलीको सहभागिता रहेको छ ।

आज विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका आमनेसामने गर्दैछन् । आयोजक इंग्ल्याण्ड सुखद सुरुवातको दाउमा रहेको छ । बलियो दक्षिण अफ्रीका पनि जित निकाल्ने रणनीतिमा रहेको छ ।

एक दिवसिय क्रिकेट विश्वकपमा इंग्ल्याण्डले हालसम्म ३ पटक फाइनल खेलिसकेको छ । तर, हालसम्म पनि विश्वकप उपाधि जित्न सकेको छैन । त्यस्तै फाइनलको यात्रा तय गर्न नसकेको टोली हो दक्षिण अफ्रिका ।

यसअघि भएको विश्वकपमा इंग्ल्याण्डलाई समूह चरणमै झट्का लागेको थियो । अफ्रिकाले भने सेमिफाइनलको यात्रा तय गरेको थियो ।

The post आजबाट विश्वकप क्रिकेट, इंग्ल्याण्ड सुखद सुरुवातको दाउमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles