Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अर्जेन्टिनालाई उपाधि जिताउने लक्ष्यका साथ मेस्सी राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए

$
0
0

काठमाडौँ, १६ जेठ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी कोपा अमेरिकाका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षण फर्किएका छन् ।

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले यसपटकको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई जिताउन हरसम्भव कोशिस गर्ने बताएका थिए ।

लगातार दुईपटक फाइनलमा पुगेर पराजित भएको अर्जेन्टिना यसपटक आफ्नो नियती बदल्न चाहन्छ ।

यस सिजन उच्च फर्ममा रहेका सर्जियो अग्युरो पनि प्रशिक्षणमा फर्किएका हुन् ।

यस पटकको कोपा अमेरिका ब्राजिलमा आयोजना हुँदैछ । आगामी जुन १४ बाट सुरु हुने कोपा अमेरिकामा अर्जेन्टिना समूह बी मा रहेको छ । अर्जेन्टिनाले यस समूहमा कोलम्बिया,पराग्वे र आमन्त्रित टिम कतारसँग आमनेसामने गर्नेछ ।

अर्जेन्टिनाले पहिलो खेलमा कोलम्बियाको सामना गर्नेछ ।

The post अर्जेन्टिनालाई उपाधि जिताउने लक्ष्यका साथ मेस्सी राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles