काठमाडौँ, १६ जेठ । गएराति भएको युरोपा लिगको फाइनल खेलमा आर्सनललाई चेल्सीले ४-१ गोलले पराजित गर्दै उपाधि जितेको छ ।
युरोपा लिगको फाइनल खेल अजरबैजानमा भएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेल खेले पनि दोस्रो हाफमा भने आर्सनलले चेल्सीलाई रोक्न सकेन । यस सिजन उच्च फर्ममा रहेका इडिन हजार्डले चेल्सीलाई जित दिलाउन महत्वपुर्ण भुमिका खेले । उनले दुई गोल गरे । त्यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । दोस्रो हाफमा निरिह बनेको आर्सनलका लागि एलेक्स इओबीले एक गोल फर्काएका थिए ।
चेल्सीका लागि खेलको ४९ औं मिनेटमा जेरुडले सानदार गोल गर्दै अग्रता दिलाए ।
चेल्सीका लागि खेलको ६० औं मिनेटमा पेड्रोले दोस्रो गोल गरे ।
खेलको ६५ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो जसलाई सदुपयोग गर्दै हजार्डले गोल गरे । खेलको ६९ औं मिनेटमा इओबीले आर्सनलका लागि गोल गरे । चेल्सीका लागि ७२ औं मिनेटमा हजार्डले गोल गरेपछि चेल्सीले जित सुनिश्चित गर्यो ।
तेस्रो पटक युरोपा लिगको उपाधि जितेको चेल्सीका लागि हजार्डको भुमिकाबारे चर्चा हुन थालेको छ । उनी रियल मड्रिड जाने लगभग पक्का भएको बताइएको छ । उनको यो चेल्सीबाट सम्भवत अन्तिम खेल हुनसक्ने बताइएको छ ।
The post चेल्सीले जित्यो युरोपा लिगको उपाधि, च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको सपना चक्नाचुर appeared first on Sajha Post.