Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सीलाई ओबामाको सुझाव- मिलेर खेले अर्जेन्टिनालाई हराउन कठिन

$
0
0

एजेन्सी, १५ जेठ । पाँच पटकसम्म फिफा वर्ष खेलाडीको उपाधि जितेका मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् १९८६ मा बाहेक अहिलेसम्म विश्व कप जित्न सकेको छैन ।

यद्यपि, अर्जेन्टिनाको फुटबलबाट धेरै मानिस प्रभावित भएको पाइन्छ । म्याराडोना र मेस्सी जस्ता महान हस्ती जन्माएका कारणले गर्दा समेत यो देशको फुटबलले सबैको ध्यान तानेको हो । विश्वका स्टार खेलाडी मात्रै होइन, प्रख्यात राजनीतिज्ञको समेत अर्जेन्टिनी फुटबलबारे बेलाबेला टिप्पणी गरेको सुनिन्छ ।

हालै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत अर्जेन्टिनी फुटबलबारे टिप्पणी गरेका छन् ।  एक सम्मेलनमा सहभागी हुन कोलम्बियाको बोगोटा पुगेका ५७ वर्षीय ओबामाले फुटबलबारे टिप्पणी गरेका हुन् ।

एउटा अन्तर्वातामा उनले मेस्सी जस्ता महान खेलाडी हुँदाहुँदै पनि अर्जेन्टिनाले सन् २०१४ र २०१८ मा विश्व कप नजित्नुको कारण बताएका छन् । खेलबारे विरलै मुख खोल्ने उनले भने, ‘प्रतिभाशाली मानिसले समेत अरुसँग सहकार्य गरी आफ्नो शैली विकास गर्छन् तर मेस्सी जस्ता जादुगरी खेलाडी भएको अर्जेन्टिनालाई विश्व कप जित्न समस्या भइरहेको छ ।’

‘त्यसैले थोरै मानिसले मात्रै आफ्नै बलबुतामा महान कुरा हासिल गर्छन् भन्ने तथ्यलाई युवायुवतीले बुझ्नुपर्छ’, ओबामाले थपे । समूहगत सहकार्य गर्ने हो भने अर्जेन्टिनालाई उपाधि जित्न कठिनाइ नहुने उनको भनाइ थियो ।

आगामी महिना ब्राजिलमा हुन गइरहेको कोपा अमेरिका नजिकिँदै गर्दा ओबामाले यस्तो टिप्पणी गरेका हुन् ।

 

 

The post मेस्सीलाई ओबामाको सुझाव- मिलेर खेले अर्जेन्टिनालाई हराउन कठिन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles