Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेलकूदमा बजेट घट्यो

$
0
0


काठमाडौं, १६ जेठ । सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले हिजो संसदमा प्रस्तुत गर्नुभएको युवा तथा खेलकुद तर्फको बजेट प्राथमिकतामा पर्न सकेन ।

गत वर्षभन्दा झण्डै २० करोड कम हो । गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकुद परिषद् निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेशमा प्रदेशसँगको सह–लगानीमा प्रदेशस्तरीय सुविधा सम्पन्न रंगशाला र प्रदेश तथा स्थानीय तहसँगको सह–लगानीमा सबै स्थानीय तहमा खेलग्रामको विकास गर्न ४० करोड बजेट छुट्याइएको छ ।

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान २ वर्षमा सम्पन्न गर्न १० करोड विनियोजन गरिएको छ ।

The post खेलकूदमा बजेट घट्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles