Quantcast
Viewing all articles
Browse latest Browse all 7991

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट: इंग्ल्याण्डको सानदार जित

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १७ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको छ । आयोजक देशले पहिलो खेलमा नै महत्वपुर्ण नतिजा निकाल्न सफल भएको छ । इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने ।द ओभल मैदानमा इंग्ल्याण्डले ३११ रन बनाउन सफल भएको थियो । तर, ३१२ रनको लक्ष्य पाएको दक्षिण अफ्रीकाले २०७ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक डी ककले ६८ रन, डुसेनले ५० रन, लक्कीले २४, हसिम अमलाले १३ रन बनाउन सकेन ।

इंग्ल्याण्डका जोफ्रा आर्चरले उत्कृष्ट खेल खेले । उनले ३ विकेट लिन सफल भए । दुईदुई विकेट लिन सफल लियाम पुल्न्केट र बेन स्टोक्सले पनि इंग्ल्याण्डका लागि महत्वपुर्ण योगदान गरे ।

पहिलो व्याटििङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन जोड्यो ।

दोस्रो विकेटको रुपमा आउट भएका जासन रोयले ५४ रन जोडे । जोय रुटले ५१ रन बनाए ।

बेन स्टोक्सले ८९ रन जोडे । इयान मोर्गनले ५७ रन बनाए ।

जोस बट्लर १८, क्रिस वोक्स १३, मोइन अली ३, लाइम प्लङकेटले ९ रन, आर्चरले ७ रन बनाए ।

दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे ।

The post आईसीसी एकदिवसीय विश्वकप क्रिकेट: इंग्ल्याण्डको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles