काठमाडौं, २० जेठ । एक दिवसिय विश्वकपको छैठौं खेलमा पाकिस्तानले बेलायतलाई ३४९ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० रन खेल्दै ८ विकेट गुमाएर ३४८ रनको लक्ष्य प्रस्तुत गरेको हो । बेलायतको विरुद्ध यो वर्ल्डकपमा यो कुनै पनि टिमको भन्दा उच्च स्कोर हो ।
नटिङ्घमको ट्रेन्ट ब्रिज रंगशालामा जारी खेलमा पाकिस्तानका लागि मोहम्मद हफिजले ६२ बलमा ८ चौका र २ छक्कासहित ८४ रन जोड्दै आउट भए । हफिजको विश्वकपमा यो सबैभन्दा उच्च स्कोर हो । यसअघि उनले बंगलादेशका विरुद्ध २०११ मा ६१ रन जोडेका थिए ।
त्यसैगरी सरफराज अहमदले ४४ बलमा ५५ रन बनाउँदै आउट भए भने आसिफ १४ रनसहित आउट भए ।
बाबर आजमले पनि अर्धशतकीय योगदान गरे । इमाम-उल-हक पनि ६ रनले अर्धशतक बनाउन चुके ।
इङ्ल्याण्डको तर्फबाट मोइन अली र क्रिस वोक्स सबैभन्दा सफल बलर बने । मोइनले ५० र वोक्सले ७१ रन दिएर ३-३ विकेट लिए । वोक्सले आफ्नो एकै ओभरमा सरफराज अहमद र वहाब रियाजको विकेट लिए । उनले ४ क्याच पनि गरे । उनी इङ्ग्ल्याण्डको यस्ता खेलाडी हुन् जसले एउटै खेलमा ४ क्याच लिन सफल भएका छन् । त्यसैगरी मार्क वुडले ५३ रन दिएर २ विकेट लिए ।
इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराइसकेको छ । उता पाकिस्तानले आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजसँग पराजय व्यहोरिसकेको छ ।
The post विश्वकप क्रिकेटः पाकिस्तानद्वारा इंग्ल्याण्डसामू ३४९ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.