Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘मेस्सीलाई बिर्सिदेउ, भ्यान ड्याकलाई बेलोन डिओरको अवार्ड दिनुपर्छ’

$
0
0

काठमाडौँ, २१ जेठ । नेदरल्याण्डका प्रशिक्षक रोनाल्ड कोयम्यानले लिभरपुलका डिफेण्डर भिर्जिल भ्यान ड्याकलाई बेलोन डिओरको उपाधि दिनुपर्ने बताएका छन् ।

उनले मेस्सीलाई बिर्सिनुपर्ने र यस सिजनको साँच्चिकै उपलब्धीको चर्चा गर्ने हो भने भ्यान ड्याकलाई अवार्ड दिनुपर्ने बताएका छन् । यस सिजन दुई खेलाडीको व्यापक चर्चा रहेको छ ।

तर, बेलोन डिओरका लागि भ्यान ड्याकले पनि मेस्सीले जित्नुपर्ने बताइरहँदा नेदरल्याण्डका प्रशिक्षकले भने यस सिजन डिफेण्डरलाई दिनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । तर, यस सिजन उनी कोपा डेल रे र च्याम्पियन्स लिगमा चिप्लिएका छन् । ला लिगामात्रै जितेर उनलाई उपाधि दिनु अन्य खेलाडीलाई अन्याय हुन्छ । यदी यस सिजन अवार्ड जित्ने प्रमुख खेलाडी भ्यान ड्याक नै हुन् ।’

डिफेण्डरहरुलाई बेलोन डिओर दिने सही समय आएको उनले बताए । यस सिजन उत्कृष्ट डिफेन्स भएका कारण लिभरपुलले सफलता हात पारेको समेत उनले बताए ।

The post ‘मेस्सीलाई बिर्सिदेउ, भ्यान ड्याकलाई बेलोन डिओरको अवार्ड दिनुपर्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles