Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः इंग्ल्याण्डलाई नमिठो झट्का

$
0
0

काठमाडौँ, २१ जेठ । इंग्ल्याण्डमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डलाई नमिठो झट्का लागेको छ । पाकिस्तानसँग इंग्ल्याण्ड १४ रनले पराजित भएको छ । योसँगै पाकिस्तानले पहिलो जित निकाल्न सफल भएको छ ।

उत्कृष्ट व्याटिङ गरेको पाकिस्तानले कुल ३४८ रन बनाउन सफल भएको थियो । इंग्ल्याण्डले भने ५० ओभरमा ९ विकेट गुमाउँदै जम्मा ३३४ रन मात्र बनायो ।

इंग्ल्याण्डका जोय रुटले १०७ रन, र जोस बट्लरले १०३ रन, जोनी ब्रैस्टोले ३३,क्रिस वोक्स २१, मोइन अलीले १९ रन बनाए ।

उच्च फर्ममा रहेका पाकिस्तानका वाहब रियाजले ३ विकेट लिन सफल भए । यस्तै मोहमद आमिर र शादब खानले दुईदुई विकेट लिन सफल भए ।

पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो । पाकिस्तानका लागि हाफिजले ८४, आजमले ६३ तथा कप्तान अहमेदले, इमाम उल हकले ४४, फकर जमानले ३६ रन ५५ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वोक्स र मोइन अलीले तीनतीन विकेट लिए ।

यो जितसँगै पाकिस्तानले २ खेलबाट २ अंक भएको छ । इंग्ल्याण्ड पनि २ खेलबाट २ अंक रहेको छ ।

The post आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः इंग्ल्याण्डलाई नमिठो झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles