Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

श्रीलंकाको पहिलो जित, ३४ रनले अफगानिस्तान पराजित

$
0
0

 

काठमाडौँ, २२ जेठ । इंग्ल्याण्डमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई श्रीलंकाले पराजित गरेको छ । डीएल पद्दतिको आधारमा श्रीलंकाले ३४ रनले अफगानिस्तानालाई पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । तर वर्षात् कारण अफगानिस्तानले १७८ रनको लक्ष्य पाएको थियो । जबाफमा १७८ रनको लक्ष्य भेटाउन हरसम्भव प्रयास गरेको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १५२ रनमात्र जोड्न सफल भयो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ४३ रन, हजरतउल्लाह जजाईले ३०, कप्तान गुल्बादिन नाइबले २३ रन बनाउन सके ।

श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिन सफल भए भने लाथिस मालिंगाले ३ विकेट लिए ।

श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो ।

श्रीलंकाका लागि कुशल परेराले ७८ रन, दिमुथ करुणारत्नेले ३०, लाहिरु थिरिमानेले २५ रन लिन सफल भए ।

अफगानिस्तानका मोहमद नाबीले ४ विकेट लिए भने डलट जड्रान र राशिद खानले दुईदुई विकेट लिए ।
श्रीलंकाले विश्वकपमा पहिलो जित हात पारेको हो । योसँगै उसको दुई खेलमा दुई अंक भएको छ ।
दुई खेल लगातार पराजित भएको अफगानिस्तानले अंक जोडेको छैन ।

The post श्रीलंकाको पहिलो जित, ३४ रनले अफगानिस्तान पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles