Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

न्युजिल्याण्डको दोस्रो जित

$
0
0

काठमाडौँ, २३ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

न्युजिल्याण्डले बंगलादेशलाई २ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले बंगलादेशले २४५ रनको लक्ष्य न्युजिल्याण्ड सामु पेश गरेको थियो । जबाफमा न्युजिल्याण्डले उत्कृष्ट खेल खेल्दै ४७ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

न्युजिल्याण्डका लागि रोस टेलरले ८२ रन, केन विलियमसनले ४० रन, मार्टीन गुप्टिलले २५ रन र कोलिन मुन्रोले २४ रन जोडे ।

बंगलादेशका हसन मिराज, शाकिब अल हसन,मोहमद साईफुदीन र मोसाडेक होसेनले दुईदुई विकेट लिन सफल भए ।
२४४ रन बनाएको बंगलादेशका लागि शाकिब अल हसनले ६४ रन, मोहमद साईफुदीनले २९ रन, मोहमद मिथुनले २६ रन, सोम्य सरकारले २५ रन र तमिम इकबालले २४ रनको योगदान दिए ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ४ तथा ट्रेन्ड बोल्टले २ विकेट लिए ।

न्युजिल्याण्डले २ खेलबाट ४ अंक बटुलेको छ ।

The post न्युजिल्याण्डको दोस्रो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles