Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइसीसी वर्ल्ड कप : अष्ट्रेलियाद्वारा वेस्ट इण्डिज पराजित

$
0
0

काठमाडौं, २४ जेठ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई पराजित गरेको छ ।  इङल्याण्डको नाटिंघममा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई १५ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २८८ रन जोडेको थियो । २८९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेस्ट इण्डिजले पूरा ओभरमा ९ विकेट गुमाउँदै २७३ रन मात्रै बनाएको थियो ।

अष्ट्रेलियाको जीतका लागि मिचेल स्टार्कले सर्वाधिक ५ विकेट र प्याट कुनिङ्सले २ तथा एडम जाम्पाले १ विकेट लिएका थिए ।  नाथान कुल्टर नाइलले ९२, स्टिभ स्मिथले ७३, एलेक्स केरीले ४५, मार्कस स्टोइनसले १९,  उस्मान ख्वाजाले   १३, मिचेल स्टार्कले ८, एरोन फिन्च ६, डेभिड वार्नर ३ र प्याट कुनिङ्सले २ रनको योगदान गरेका थिए ।

यता वेष्ट इण्डिजका शाइ डिएगो होपले ६८ र जेसन होल्डरले ५१ रन बनाएका थिए । त्यस्तै निकोलास पुरनले ४०, क्रिस गेलले २१, आस्ले नर्सले १९, कार्लोस ब्राथवेटले १६, एन्ड्रु रसेलले १५, एभिन लुइस तथा शेलडन कटरेलले १/१ रन बनाएका थिए । ब्राथवेटले ३ र थोमस, कटरेल तथा रसेलले २/२ र होल्डरले १ विकेट लिएका थिए ।

 

The post आइसीसी वर्ल्ड कप : अष्ट्रेलियाद्वारा वेस्ट इण्डिज पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles