Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नाइल चम्किँदा अष्ट्रेलियाद्वारा वेस्ट इण्डिजलाई २८९ रनको लक्ष्य

$
0
0


काठमाडौं, २३ जेठ । एकदिवसीय विश्वकप क्रिकेटको १०औं खेलमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नाटिंघममा जारी खेलमा वेस्ट इण्डिजले टस जितेर अष्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो ।

अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २८८ रन जोडेको छ । अष्ट्रेलियाका लागि स्मिथले ५ चौकाको मद्दतमा ७७ बलमा आफ्नो अर्धशतक पूरा गरे । यो उनको विश्वकपको ५औं र समग्रमा २०औं अर्धशतक हो ।

त्यसैगरी कुल्टर नाइलले ४१ बलमा अर्धशतक पूरा गरे । कमजोर अवस्थामा रहेको अष्ट्रेलियाको लागि उनले ६० बलमा ८ चौका र ४ छक्कासहित ९२ रन जोडे । उनले १५३.३३ को स्ट्राइकरेटमा खेलेर अष्ट्रेलियाको स्कोर उकासे ।

उनका लागि विश्वकप र एकदिवसीय अरिअरमा यो पहिलो अर्धशतक हो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा उत्कृष्ट ब्याटिङगर्दै ९२ रनको महत्वपूर्ण योगदान दिए । कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई बलियो लक्ष्यसम्म पुर्‍याएका उनी ४९ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाईन नजिकै जोसन होल्डरले क्याच लिएपछि उनी आफ्नो करियरको पहिलो शतक बनाउन ८ रनले चुक्न पुगे ।

३८ रन ल्याउँदा ४ विकेट गिरेको खेलमा अष्ट्रेलियाको सुरुवात नाजुक थियो । कप्तान एरोन फिञ्च ६ रन बनाएर आउट भए । उनी ओसाने थोमसको बलमा शाई होपको हातबाट क्याच आउट भए । डेभिड वार्नर ३ रनमा प्याभेलियन फर्किए । ७औं ओभरमा उस्मान ख्वाजा १३ रनको निजी स्कोरमा आउट भए ।
आन्द्रे रसेलले आफ्नो पहिलो ओभरमा नै स्लिपलाई क्रिस गेलको हातबाट क्याच गराए । अर्को ओभरमा कोटरेलले ग्लेन म्याक्सवेलको विकेट लिए । उनले खाता पनि खोल्न सकेनन् । त्यसैगरी मार्क्स स्टोइनिस १९ रनमा आउट भए ।

एलेक्स केरी ४५ रनको निजी स्कोरमा आउट भए । उनी ५ रन जोड्नु अगाडि नै आफ्नो दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाउनबाट चुके । उनी आउट हुनुअघि स्मिथसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे ।

The post नाइल चम्किँदा अष्ट्रेलियाद्वारा वेस्ट इण्डिजलाई २८९ रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles