काठमाडौं, २३ जेठ । ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्वकप क्रिकेट, च्याम्पियनसिप, फुटबल समेतका खेलमा सट्टाबाजी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्यक्तिलाई हारजितको बाजी राख्न लगाई सट्टाबाजी गरी अबैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे घर भएका ३६ वर्षीय बज्र प्रकाश लामा, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे घर भएका ३० वर्षीय बिद्युत प्रकाश लामा र काठमाडौं महानगरपालिका-१५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका-२ सैपु घर भएका ३३ वर्षीय उमेश कार्की रहेका छन् ।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट सट्टावाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।
The post क्रिकेटमा सट्टाबाजी गर्ने व्यक्तिहरु ३ जना प्रहरी खोरमा appeared first on Sajha Post.