
एजेन्सी, २३ जेठ । ब्राजिलियन फरवार्ड नेइमारले घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका नखेल्ने भएका छन् ।
नेयमारले चोटका कारण कोपा अमेरिकामा सहभागी नहुने ब्राजिलको फुटबल महासंघले जनाएको छ । ‘नेइमार ब्राजिलमा हुने कोपा अमेरिकामा सहभागी हुने अवस्थामा छैनन्’, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेइमारको ठाउँमा खेल्ने खेलाडी चयनको प्रक्रिया अघि बढेको समेत विज्ञप्तिमा भनिएको छ ।
बुधबार कतारसँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा नेइमार घाइते भएका थिए । दायाँ खुट्टाको गोली गाँठामा चोट लागेपछि खेलको २१औं मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।
नेयमार कोपा अमेरिकामा नखेल्ने भएपछि घरेलु टोली ब्राजिललाई ठुलो झड्का लागेको छ ।
The post नेइमारले कोपा अमेरिका नखेल्ने appeared first on Sajha Post.