काठमाडौँ, २४ जेठ । नेदरल्याण्डका स्टार खेलाडी हुन् डि जोङ । उनी यस सिजनदेखि बार्सिलोनामा अनुबन्ध भएका छन् ।
आयाक्सबाट उत्कृष्ट खेल खेल्दै आइरहेका उनलाई बार्सिलोनाले अनुबन्ध गरेको हो ।
उनी आफ्नो मित्र डि लाइटलाई लिएर गम्भिर रहेका छन् । उनी पनि बार्सिलोना आइदिए आफुलाई थप मनोबल बढ्ने उनको तर्क रहेको छ । यी दुई स्टार खेलाडीको चर्चा पछिल्लो समय विश्वभर रहेको छ ।
डि लाइटलाई अन्य क्लबबाट पनि अफरहरु आएका छन् ।
तर, उनी बार्सिलोना आउनु भन्ने डि जोङको आशा हो ।
तर, बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने नगर्ने कुनै प्रतिक्रिया दिएको छैन । डि लाइटले पनि आफु क्लबमा नै रहन चाहेको वा अन्य क्लबमा जान चाहेको यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।
The post ‘डि लाइटलाई बार्सिलोनाले अनुबन्ध गरोस्’ appeared first on Sajha Post.