Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ड्यानियल स्टरिज कुन क्लब जाँदा ठीक होला ?

$
0
0

काठमाडौँ, २४ जेठ । लिभरपुलका स्टार खेलाडी हुन् ड्यानियल स्टरिज । तर, चोटका कारणले उनले आफ्नो करिअरमा चाहे जस्तो खेल पस्किन सकिरहेका छैनन् ।

लिभरपुलमा प्रशिक्षक उर्गेन क्लप आएपछि उनले धेरै समय बेन्चमा बिताए । वैकल्पिक खेलाडीका रुपमा उनले लामो समय बिताए । तर, उमेरले बल्ल २९ लागेका उनलाई पर्याप्त खेल्ने समयको आवश्यकता रहेको समीक्षकहरु बताउँछन् । यस सिजनको अन्त्यसँगै उनले लिभरपुल छाड्नेछन् ।

उनलाई प्रिमियर लिगका अन्य क्लबहरुले अनुबन्ध गर्नसक्ने अनुमान गरिएको छ । उनी लेइसेस्टर सिटी जानसक्ने सम्भावना बलियो रहेको बताइएको छ ।

पुर्व लिभरपुल प्रशिक्षक ब्रेण्डन रोजर्स सो क्लबमा रहेका छन् । सन् २०१४ मा उनले लिभरपुललाई उपाधि दौडमा उभ्याउन सफल भएका थिए ।

तर, म्यानचेस्टर सिटीले अन्तिम समयमा उपाधि जितेको थियो । त्यस्तै क्रिस्टल प्यालेसले पनि उनलाई अनुबन्ध गर्न सक्ने सम्भावना रहेको छ । समिक्षकहरुले उनलाई आर्सनल जान आग्रह गरेका छन् ।

The post ड्यानियल स्टरिज कुन क्लब जाँदा ठीक होला ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles