Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अष्ट्रेलियाको लगातार दोस्रो जित

$
0
0

काठमाडौँ, २४ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इण्डिजमाथि १५ रनको जित हात पार्न सफल भएको छ । यो अष्ट्रेलियाको लगातार दोस्रो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य दिएको थियो । वेष्ट इण्डिजले भने २७३ रन मात्र जोड्यो ।

वेष्ट इण्डिजका साई होपले ६८ रन, कप्तान जासन होल्डर, ५१ रन, निकोलस पुरनले ४०, क्रिस गेलले २१ रन, शिम्रोन हिटमायरले २१ रन जोडे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । यस्तै पाट कुमिन्सले २ विकेट लिए ।

अष्ट्रेलियाका लागि नाथन कल्टर नाइलले ९२ रन, स्टिभ स्मिथले ७३ रन, एलेक्स क्यारीले ४५, मार्कस स्टोइनेस १९ तथा उस्मान ख्वाजाले १३ रन जोडे । वेष्ट इण्डिजका कार्लोस ब्य्रेथवेटले ३ विकेट हात पारे । यस्तै ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले समान दुईदुई विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ ।वेष्ट इण्डिजको यो पहिलो हार हो । वेष्ट इण्डिजको २ खेलबाट २ अंक रहेको छ ।

The post अष्ट्रेलियाको लगातार दोस्रो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles