Image may be NSFW.
Clik here to view.
काठमाडौं, २७ जेठ । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण अबरुद्ध भएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले खेल अबरुद्ध हुनुपूर्व २ विकेट गुमाइसकेको छ । दक्षिण अफ्रिकाले ७. ३ ओभरमा २ विकेटको क्षतिमा २९ रन मात्रै जोड्न सफल भएको छ ।
दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिमअमला र एडेन म्याक्रम आउट भइसकेका छन् । अमला ६ र म्याक्रम ५ रन बनाएर पेभिलियन फर्किएका थिए ।
वेस्ट इण्डिजका शेल्डन कटरेलले अमला र म्याक्रमलाई आउट गरेका हुन् ।
The post दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल वर्षाका कारण अबरुद्ध appeared first on Sajha Post.