एजेन्सी, २७ जेठ । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
सिंहले सोमबार पत्रकार सम्मलेन गरी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले निकै भावुक हुँदै अन्तर्राष्ट्रिय क्रिकेटका सबै फरम्याटबाट सन्यास लिएको घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
सिंह सीमित ओभरमा धेरै रन बनाउन सक्ने क्रिकेटरका रुपमा चर्चित छन् । सन् २००७ को टी-२० वर्ल्ड कप र सन् २०११ को आइसीसी वर्ल्ड कप भारतलाई जिताउने कार्यमा सिंहको महत्वपूर्ण भूमिका थियो ।
The post युवराज सिंहले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा appeared first on Sajha Post.