Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वर्षाले खेल अवरुद्ध भएपछि वेस्ट इण्डिज र दक्षिण अफ्रिकाले अंक बाँडे

$
0
0


काठमाडौं, २७ जेठ । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण अबरुद्ध भएको छ ।

लामो समयसम्म पनि वर्षा नरोकिएपछि खेल रोकिएको छ । खेल अवरुद्ध भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले खेल अवरुद्ध हुनुपूर्व २ विकेट गुमाइसकेको अवस्था थियो । दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेटको क्षतिमा २९ रन मात्रै जोड्न सफल भएको थियो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिमअमला र एडेन म्याक्रम आउट भइसकेका छन् । अमला ६ र म्याक्रम ५ रन बनाएर पेभिलियन फर्किएका थिए ।

वेस्ट इण्डिजका शेल्डन कटरेलले अमला र म्याक्रमलाई आउट गरेका हुन् ।

खेल स्थगित हुँदा दक्षिण अफ्रिकालाई राहत भएको छ ।

The post वर्षाले खेल अवरुद्ध भएपछि वेस्ट इण्डिज र दक्षिण अफ्रिकाले अंक बाँडे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles