Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कुन क्लब जालान् त ग्यारेथ बेल ?

$
0
0

काठमाडौँ, २८ जेठ । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, रियलमा उनी गएपछि प्राय रोनाल्डोको आझेलमा परेका कारण उनको योगदानको खासै कदर हुन सकेन । मिडिया रिपोर्टका अनुसार इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले उनलाई इन्टर मिलानमा अनुबन्ध गर्न चाहेका छन् ।

ग्यारेथ बेल पनि रियलमा बस्न चाहदैनन् । रियल गएपछि पर्याप्त खेल्ने अवसर नपाएका बेलले यस सिजन क्लब छोड्ने तयारीमा छन् । उनलाई लोनमा टोटनहम पठाउने तयारी भएको समेत बताइएको छ । उनी कुन क्लबमा जान चाहन्छन् यसबारे भने उनी आफैँले निर्णय लिनुपर्ने बताइएको छ ।

उनले रियलसँग आफ्नो असमझदारी बढेका कारण सो क्लबमा बस्नु कुनै तुक नरहेको बताए ।

सन् २०१३ मा रियलमा अनुबन्ध भएका उनले रियललाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । तर, एकाएक प्रशिक्षक जिदानको रोजाइमा उनी नपरेपछि क्लब छोड्ने तयारीमा रहेका छन् ।

The post कुन क्लब जालान् त ग्यारेथ बेल ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles