काठमाडौं, २८ जेठ । विश्वकप क्रिकेटअन्तर्गत मंगलबार बंगलादेश र श्रीलंकाबीच हुन गइरहेको खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन ।
बंगलादेश र श्रीलंकाको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे तय गरिएको थियो । तर वर्षाका कारण उक्त खेल सुरु हुन नसकेको हो । यदि आजको खेल स्थगित भएमा दुबै टोलीले बराबरी अंक बाँड्ने छन् ।
यसअघिका ३ खेलमा एउटामा जित र दुईवटामा हार व्यहोरेको बंगलादेश २ अङ्क सहित आठौं स्थानमा रहेको छ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एकमा बराबरी अंक बाँडेको श्रीलंका ३ अङ्क सहित छैटौं स्थानमा रहेको छ ।
The post आईसीसी विश्वकप : वर्षाका कारण बंगलादेश र श्रीलंकाबीचको खेल सुरु हुन सकेन appeared first on Sajha Post.