Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा कपको उद्घाटन खेलमा ब्राजिलद्वारा बोलिभिया ३-० ले पराजित

$
0
0

एजेन्सी, ३२ जेठ । कोपा अमेरिका २०१९ अन्तर्गत उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गरेको छ ।

पहिलो हाफको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा रहेपनि खेलको दोस्रो हाफको ५०औं मिनेटमा फिलिप कोउटिन्होले एक गोल हानेर ब्राजिललाई सुरुवाती अग्रता दिलाए । लगत्तै ५३औं मिनेटमै कोउटिन्होले थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए ।

८५औं मिनेटमा इभर्टन सुवारेजले अर्को गोल थप्दै बोलिभिया विरुद्ध अग्रतालाई बलियो बनाए । खेलमा ब्राजिल आक्रामकरुपमा प्रस्तुत भयो ।

पहिलो हाफमा रोबर्टो फिर्मिनो र रिचार्लीसनले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

ब्राजिल र बोलिभियासँगै समूह ए मा पेरु र भेनेजुएला रहेका छन् । ब्राजिल १२ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने दाउमा छ ।

The post कोपा कपको उद्घाटन खेलमा ब्राजिलद्वारा बोलिभिया ३-० ले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles