काठमाडौं, ३२ जेठ । एकदिवसीय विश्वकप क्रिकेटको २३औं खेलमा साविक विजेता अस्ट्रेलियालाई श्रीलंकाले ब्याटिङको निम्ता दिएको छ । लन्डनस्थित दी ओभलमा श्रीलंकाले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको हो ।
केही समयदेखि पानी परेकोले अवस्थाको फाइदा लिन बलिङ रोजेको दिमुथ करुणारत्नेले बताए । श्रीलंकाले आज सुरुङ्गा लकमलको स्थानमा मिलिन्दा सिरिबद्धनालाई मैदानमा उतारेको छ ।
अस्ट्रेलियाले पनि नाथन कोलटर नेलको स्थानमा जसोन बेहरेन्डोफलाई अवसर दिएको छ ।
यसअघि अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई र दोस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो। तेस्रो खेलमा भारतसँग पारजित अस्ट्रेलियाले चौथो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।
आजको खेल जित्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ भने श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो । श्रीलंकाको पाकिस्तान र बंगलादेशविरुद्धको खेल बर्षाका कारण स्थिथगित भएपछि ऊ अंकतालिकाको पाँचौं स्थानमा रहेको छ ।
कुन टिममा को को ?
एरोन फिन्च(कप्तान), डेबिड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, शन मार्श, ग्लेन म्याक्सवेल, एलेक्स कारी, पेट कुमिन्स, मिचेल स्टार्क, जसोन बेहरेन्डोफ, केन रिचार्डसन।
श्रीलंका
दिभुथ करुणारत्ने (कप्तान), लहिरु थिरिमाने, कुशल परेरा, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनन्जय डी सिल्भा, थिसरा परेरा, इसुरु उडान, मिलिन्डा सिरिवद्धना, नुवान प्रदीप र लासिथ मालिङगा।
The post टस हारेपछि श्रीलंकाविरुद्ध ब्याटिङ थर्दै अस्ट्रेलिया appeared first on Sajha Post.