Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा अमेरिका कपः १० जना खेलाडीमा सिमित इक्वेडरविरुद्ध उरुग्वेको चार गोल

$
0
0

काठमाडौँ, २ असार । गएराति भएको कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई ४-० गोलले पराजित गरेको छ ।

उत्कृष्ट खेल प्रदर्शन गरेको उरुग्वेका लागि निकोलस लोडिइरो, इडिसन काभानी, लुइज स्वारेजले गोल गरे ।

अर्टुरो मिनाले आत्मघाती गोल गर्दा इक्वेडर चार गोलले पछि पर्न गयो ।

समुह सी को पहिलो खेलमा उरुग्वेले महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको छ ।

खेलको २४ औँे मिनेटमा जोसेफ कुनटेरोले रातो कार्ड आएपछि इक्वेडर १० जना खेलाडीमा सिमित भएको थियो । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

तर, इक्वेडरका खेलाडीले आत्मघाती गोल गरेपछि उरुग्वेले प्रभावशाली जित हात पारेको हो ।

The post कोपा अमेरिका कपः १० जना खेलाडीमा सिमित इक्वेडरविरुद्ध उरुग्वेको चार गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles